म्याग्दे । तनहुँ क्षेत्र नम्बर २ का संघीय सांसद केदार सिग्देलले मीन मावि थर्पुको अनुगमन गरेका छन् । आथिक वर्ष ०७८।०७९ को राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत भएको भवन निर्माण योजनाका सासंद सिग्देलले स्थलगत अनुगमन गरेका हुन् ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम मीन मावि थर्पुमा भवन निर्माणका लागि ३६ लाख विनियोजन भएको हो । विद्यालयको भौतिक संरचना अन्र्तगत निर्माण हुन लागेको पक्की भवन निर्माणको काम अन्तिम चरणमा पुगेको हुँदा समयमा नै काम सम्पन्न गर्न पनि उनले आग्रह गरे ।
शिक्षा देशको नै मेरुदण्ड भएको हुँदा शैक्षिक क्षेत्रमा सरकार धेरै लगानी गरेको उनले बताए । २०३१ सालमा स्थापित भएको मीन मावि जिल्लाको नै पुरानो विद्यालय भएर पनि पुर्वाधार र अन्य विषयमा पूर्णता नपाउनु दुखद भएकाे उनले बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलिप कुमार श्रेष्ठले ८०० भन्दा बढी विद्यार्थी भएको विद्यालयमा भौतिक संरचना लगायतको अभावले पठनपाठन र अन्य गतिविधिमा असर परेकाे बताए ।