अधिकारको विकेन्द्रिकरण गर्ने सवालमा सङ्घ सरकार अनुदार : मन्त्री विक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    अधिकारको विकेन्द्रिकरण गर्ने सवालमा सङ्घ सरकार अनुदार : मन्त्री विक

    खबरपुञ्ज संवाददाता

    २३ असार २०७९, बिहीबार

    जनकपुर । गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोवाटे विश्वकर्माले अधिकारको विकेन्द्रिकरण गर्ने सवालमा सङ्घ सरकार अनुदार रहेको बताएका छन् । मधेश प्रदेशको जनकपुरमा बिहीबारदेखि सुरु शान्ति सुरक्षा तथा अन्तर प्रदेश अनुभव आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री विकले अधिकार विकेन्द्रिकरणका लागि सङ्घ सरकार कठोर रहँदै आएको बताए ।

    उनले सङ्घीय सरकारमा जुनसुकै पार्टी र नेताको सरकार बनेपनि प्रदेशलाई मजबुद बनाउने र सङ्घीयतालाई संस्थागत गर्ने कुरामा खुट्टा कमाउने अवस्था रहेको बताए ।

    कार्यक्रममा छ वटा प्रदेशका आन्तरिक मामिलामन्त्री सहभागी छन् । कार्यक्रमको उद्घाटन मधेश प्रदेशका मुख्यमन्त्री लालवावु राउतले गरेका थिए ।