गण्डकी प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गण्डकी प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण

    खबरपुञ्ज संवाददाता

    २३ असार २०७९, बिहीबार

    पाेखरा । नेपाल सरकार गृह-मन्त्रालय (माननीय मन्त्रीस्तर)को मिति २०७९।०३।१९ गतेको निर्णायानुसार गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा पदस्थापन भई आएका प्रहरी नायव महानिरीक्षक रामदत्त जोशीले बिहीबार गण्डकी प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण गरेका छन् ।

    सोही अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक बिनोद शर्माले गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक जोशीलाई स्वागत गरी प्रदेश अन्तर्गतको शान्ति सु-व्यवस्थाका विषयमा संक्षिप्त जानकारी समेत गराएका थिए ।

    कार्यक्रम पश्चात गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक जोशीले गण्डकी प्रदेश प्रहरी कार्यलयमा रहेका विभिन्न शाखाहरु निरीक्षण गरी उक्त शाखाहरुबाट सम्पादन हुने कार्यहरुको जानकारी समेत लिए। उक्त कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालय पोखराका प्रमुख प्रहरी वरिष्ठ
    उपरीक्षक कृष्णहरि शर्मा,गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराका समादेशक दिल्लीराज पन्त लगायत पोखरा उपत्यका स्थित प्रहरी कार्यालयहरुका सिनियर प्रहरी अधिकृतहरु को उपस्थिति रहेको थियो ।