राजद्रोह मुद्दामा विप्लव निकट १८ जनालाई सफाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    राजद्रोह मुद्दामा विप्लव निकट १८ जनालाई सफाई

    खबरपुञ्ज संवाददाता

    २२ असार २०७९, बिहीबार

    दमाैली । तनहुँ जिल्ला अदालतले राजद्रोह मुद्दामा नेत्रविक्रम चन्द विप्लव निकट १८ जनालाई सफाई दिएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको बिहीबारकाे इजलासले राजद्रोह मुद्दामा १८ जनालाई सफाई दिने फैसला गरेको हो ।

    प्रहरी निरीक्षक विकास थापा वादी रहेको उक्त मुद्दामा अभियोग दावी नपुग्ने फैसला भएको जिल्ला अदालतका श्रेस्तेदार मिनबहादुर कुंवरले जानकारी दिए।

    अमरराज बूढा, नविन विक, बसन्त विक, नारायण विक, प्रेमबहादुर शाही, ओमराज पन्थ, शिवशङ्कर अधिकारी, डम्बरबहादुर विक, कल्पना विक, ममता रुचाल, राजु विक, पूर्णजित पुन, नेत्रप्रसाद थापा, टेकबहादुर थापा, रामराजा महत, विनोद विक, राजु विक, सुजन विकले सफाई पाएका हुन् ।

    यसमध्ये ओम पन्थ, डम्बरबहादुर विक, पूर्णजित पुन, राजु विक, ममता रुचाल सहित श्यामप्रसाद अर्याल, विनोद विक, नविन विक, सावित्री दुरा, प्रविन भन्ने धनबहादुर राना, शेरअली मियाँ र दशरथ चन्द विरुद्ध अदालतमा आपराधिक उपद्रव र विष्फोटक पदार्थ मुद्दा विचाराधीन छ । उक्त मुद्दामा म्याद बदर गरी पुनः जारी गर्ने आदेश भएको श्रेस्तेदार कुंवरले जानकारी दिए।