आँबुखैरेनीबाट समातिएका जुवाडे धरौटीमा रिहा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनीबाट समातिएका जुवाडे धरौटीमा रिहा

    खबरपुञ्ज संवाददाता

    २२ असार २०७९, बिहीबार

    दमाैली । तनहुँको आँबुखैरेनी गाउँपालिका–३ स्थित एक घरबाट सोमबार राति पक्राउ परेका १३ जुवाडे धरौटीमा रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालय तनहुँले उनीहरुलाई बिहीबार धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।

    पक्राउ परेकामध्ये ६ जनालाई जनही रु ५० हजार र सात जनालाई रु १५ हजार धरौटीमा छाड्ने आदेश भएको प्रमुख जिल्ला अधिकारी विश्वप्रका अर्यालले जानकारी दिए ।

    प्रहरीले अनुसन्धान सकेर सरकारी वकिल मार्फत मुद्धा ल्याएका कारण आफूले थुनछेकको आदेश दिएको प्रजिअ अर्यालले बताए ।

    प्रहरीले निजहरुको साथबाट नगद रु एक लाख ८० हजार र १६ थान कौडा बरामद गरेको थियो ।