नवराजको ‘तिमीसँग’ सार्वजनिक (भिडिओ सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • मनोरञ्जन

    नवराजको ‘तिमीसँग’ सार्वजनिक (भिडिओ सहित)

    खबरपुञ्ज संवाददाता

    २४ असार २०७९, शुक्रबार

    दमौली । गीतकार, रचनाकार र लेखक दुर्गानीधि कौडाल (नवराज) ले मनको बह पोख्न नपाएको कुरा गजल मार्फत “तिमी सँग” बोलको सांगीतिक बजारमा ल्याएका छन् ।

    कौडालको रचना रहेको साथै निर्देशक दिप गुरुङद्वारा निर्देशित आधुनिक गजल ‘तिमि सँग ’ बजारमा आएको छ । उक्त आधुनिक गजलमा डा.श्यामसुन्दर चौधरीको स्वर र संगीत रहेको छ ।

    उक्त गजलको अरेन्ज तथा रेकर्डिङ रविन दर्शनधारी अल्फा स्टुडियो छाउनीले गरेको छ भने यसको निर्माण निर्देशक दिप गुरुङ द्वारा गरिएको छ । सोही गित को छायांकन चितवन्, बुटवल र लुम्बिनीमा गरिएको छ।

    दिप गुरुङको निर्देशन रहेको सोहि गीतमा छायांकन भने मधुर बस्नेतले गरेका छन् । गीतको सम्पादन भने मेख बहादुर थापाले गरेका हुन।उक्त गीतको भिडियोमा लायोन जोशी र दिपशिखा गुरुङलाई देख्न सकिन्छ ।उक्त गीतको भिडियोले दर्शक तथा श्रोताको मन जित्ने आशा लिएको गीतका निर्देशक गुरुङ बताउछ्न्।