‘सरकारी र निजी क्षेत्रको सहकार्यबाट विकास सम्भव’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ‘सरकारी र निजी क्षेत्रको सहकार्यबाट विकास सम्भव’

    खबरपुञ्ज संवाददाता

    २५ असार २०७९, शनिबार

    दमाैली । तनहुँका विभिन्न पालिकाका प्रमुखहरुले सरकारी र निजी क्षेत्रको सहकार्यबाट विकास सम्भव रहेको बताएका छन्। तनहुँ उद्योग वाणिज्य सङ्घले शनिबार दमौलीमा आयोजना गरेको स्थानीय सरकारसँग निजी क्षेत्रको सम्भावना र सहकार्य सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै पालिका प्रमुखहरुले निजी क्षेत्रसँग सहकार्य गरेर अगाडी बढ्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।

    जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले निजी क्षेत्रको विकासको एउटा खम्बा भएकाले स्थानीय तहले निजी क्षेत्रसँग सहकार्य गरेर काम गर्नुपर्ने बताए ।

    आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले निजी क्षेत्रसँग सहकार्य गरी गाउँपालिकाका पर्यटकीय स्थलको विकास गर्न तयार रहेको बताए। विकासको एउटा खम्बा निजी क्षेत्र भएको उल्लेख गर्दै उनले वस्तु आयात गरी विक्री गर्नुभन्दा उद्योगधन्दा स्थापना गर्नेतर्फ ध्यान दिन चुमानले आग्रह गरे ।

    ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले उद्योग वाणिज्य सङ्घले ग्रामीण क्षेत्रलाई प्राथमिकतामा राखेर उद्योग सञ्चालन गर्नेतर्फ ध्यान दिन आग्रह गर्दै त्यसका लागि सहकार्य गर्न आफूहरु तयार रहेको बताए ।

    भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदी, घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले निजी क्षेत्र र स्थानीय सरकारको सहकार्यबाट विकास सम्भव रहेको उल्लेख गरे ।

    कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व केन्द्रीय अध्यक्ष आनन्दराज मुल्मी, केन्द्रीय सदस्य देवकुमार श्रेष्ठ, सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठ, महिला उद्यमी सभापति शकुन्तला आले लगायतले निजी क्षेत्र र स्थानीय तहबीच सहकार्य गरेर अगाडी बढ्नुपर्ने बताए ।

    सो अवसरमा जिल्ला समन्वय समिति, विभिन्न पालिकाका प्रमुख, उपप्रमुखहरुलाई सम्मान गरिएको थियो ।