गण्डकी प्रदेशको बजेट विनियोजनमा कांग्रेस नेता पौडेलको विरोध
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    गण्डकी प्रदेशको बजेट विनियोजनमा कांग्रेस नेता पौडेलको विरोध

    खबरपुञ्ज संवाददाता

    २६ असार २०७९, आईतवार

    काठमाडौ । गण्डकी प्रदेश सरकारले मुख्यमन्त्री, मन्त्रीहरुको बुबाआमाको नाममा बजेट विनियोजन गरेपछि चौतर्फी विरोध भइरहेको छ । मुख्यमन्त्री, मन्त्रीहरुका बुबाआमाका नाममा स्मृति कोष बनाउन बजेट विनियोजन भएपछि विरोध भइरहेको छ ।

    यसैक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रदेश सरकारले बजेट विनियोजन गर्ने प्राथमिकताको फेहरिस्तले संघीयताको ध्वजी उडेको बताएका छन् । सामाजिक सञ्जाल मार्फत् उनले भनेका छन्, ‘व्यक्तिका नाममा आफूखुसी बजेट विनियोजन गर्ने,पहुँचका आधारमा आफ्ना निहित स्वार्थ पूरा गर्न सधैं बजेटलाई कनिका जस्तो छर्ने। यस्तै निरन्तरता हुने हो भने सयौं वर्षमा पनि आर्थिक विकास हासिल गर्न सकिँदैन । बजेटकाे प्रथमिकता जनताका आधारभूत आवश्यकता पूरा गर्न र उत्पादनमा जोड दिन केन्द्रित हुनुपर्दछ ।’