पौडी खेल्दा बगाएर नौ वर्षीय बालकको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पौडी खेल्दा बगाएर नौ वर्षीय बालकको मृत्यु

    खबरपुञ्ज संवाददाता

    २५ असार २०७९, आईतवार

    दमाैली । मादी नदीमा पौडी खेल्दा बगाएर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा लमजुङको मध्यनेपाल नगरपालिका–६ भोर्लेटार निवासी ९ वर्षीय रोनिश विक रहेको प्रहरीले जनाएको छ ।

    शनिबार दिउँसो साथीहरुसँग पौडी खेल्न नदीमा गएका विकलाई नदीले बगाएको थियो । विकको शव आइतबार तनहुँको व्यास नगरपालिका–१० वैरेनीस्थित मादी नदी किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए। नदी किनारमा घोप्टो अवस्थामा बालक मृत भेटिएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

    मृतक बालकका परिवार आएर उनको सनाखत गरेको प्रहरीले जनाएको छ । मृतक बालकको शव पोष्टमार्टमका लागि दमौली अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।