आफन्तको नाममा विनियोजित बजेट प्राथमिकताका क्षेत्रमा खर्चिन मुख्यमन्त्रीको निर्देशन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    आफन्तको नाममा विनियोजित बजेट प्राथमिकताका क्षेत्रमा खर्चिन मुख्यमन्त्रीको निर्देशन

    खबरपुञ्ज संवाददाता

    २६ असार २०७९, आईतवार

    पाेखरा । गण्डकी प्रदेश सरकारले मुख्यमन्त्री, मन्त्री लगायत नेताहरुका आफन्तका नाममा छुट्याइएको बजेटको विरोध भएपछि मुख्यमन्त्री सचिवालयले ध्यानाकर्षण भएको जनाएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलको सचिवालयले आइतबार साँझ विज्ञप्ती जारी नागरिक स्तरबाट असन्तुष्टि व्यक्त भएकामा ध्यानाकर्षण भएको जनाएको छ ।

    मुख्यमन्त्री प्रेस संयोजक भरत कोइरालाद्वारा जारी विज्ञप्तीमा आगामी वर्ष ०७९÷८० को वार्षिक कार्यक्रममा समावेश गोबद्र्धन स्मृति कोष, पुननारायण धनकुमारी श्रेष्ठ परोपकारी ट्रस भवन निर्माण, पुननारायण धनकुमारी श्रेष्ठ परोपकारी ट्रष्ट, डिल्लीराम लामिछाने स्मृति प्रतिष्ठान भवन निर्माण, अमृत जोशी स्मृति पार्क लगायतका कार्यक्रम तथा बजेटका विषयमा नागरिकस्तरबाट असन्तुष्टि व्यक्त भएकामा ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

    आम नागरिकको भावनालाई कदर गर्दै यी र यस्ता कार्यक्रमहरुमा विनियोजित स्रोतलाई प्रदेशको प्राथमिकताका क्षेत्रमा खर्चिने व्यवस्था मिलाउन मुख्यमन्त्री पोख्रेलले सम्बन्धित मन्त्रालयलाई निर्देशन दिइसकेको विज्ञप्तीमा जनाइएको छ ।