प्रदेश सभा बैठकमा के भने मुख्यन्त्री पाेखरेलले ? (पूर्ण पाठ)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    प्रदेश सभा बैठकमा के भने मुख्यन्त्री पाेखरेलले ? (पूर्ण पाठ)

    खबरपुञ्ज संवाददाता

    २८ असार २०७९, मंगलवार

    पाेखरा । बजेटका सम्बन्धमा मैले एउटामात्रै के निवेदन गर्न चाहन्छु भने, हामीले जुन व्यवस्थालाई अंगीकार गरेका छौँ, संघीय लोकतान्त्रिक गणतन्त्र ।
    यसका सरकार निर्माणका आफ्नै प्रक्रिया छन, र राजनीतिक परिवर्तनका साथसाथै सरकार परिवर्तनका साथै सरकार परिवर्तन हुनुपर्ने अवस्था पनि आउँछ । त्यही अनुरुप हाम्रो गण्डकी प्रदेशमा पनि सरकार परिवर्तन भयो ।
    आज, मेरो नृतृत्वको सरकाराले ०७९÷८० को बजेट ल्याएको छ । निश्चित रुपमा हिजोका दिनमा पनि बजेट आउँदै गर्दा, बजेटलाई हेर्ने दृष्टिकोण हामी विपक्षीमा हुँदा पनि आफ्नै दृष्टिकोण, असन्तुष्टि रहे ।
    उक्त बजेटमा पनि हामीले हे¥यौँ, सन्तुलनको अभाव रह्यो । २÷३ जिल्लामा मात्रै बजेट एलोकेट भएको पनि हामीले पायौँ । तर, त्यो त्यतिखेरको सरकारका आफ्नै कार्यक्रम थिए, त्यसलाई हामीले स्विका¥यौँ ।
    अहिले पनि बजेट निर्माणका सन्दर्भमा गठबन्धनको सरकारको प्राथमकिता उद्धेश्य, सरकार निर्माण गर्दाका प्रतिबद्धताहरु विविध कुराहरुका कारणले अहिले ल्याएको बजेटलाई हेर्ने विपक्षीको दृष्टिकोण नमिल्न सक्छ, यसलाई स्वभाविक रुपमा हेर्नुपर्छ ।
    म यतिमात्रै के भन्न चाहन्छु भने, जसरी विगतमा हामीले यो प्रदेशसभामा यो अभ्यास गरेका थियौँ, जुन मिठासपूर्ण तरिकाले गरेका थियौँ, अहिलेको हाउसमा कताकता त्यो भएन कि भन्ने लागेको छ । माननीय सभामुख महोदयले कतिपय रुलिङ गर्नुपर्ने अवस्था पनि आएको छ । म प्रतिपक्षका साथीहरुलाई भन्न चाहान्छु, यो संवैधानिक क्रममा को कहिले लेफ्ट, कहिले को राइट । यसलाई ध्यान नदिइकिन हामी जनताका प्रतिनिधी हौँ । हामी समाजमा नेतृत्व दिन आएका छौँ, चाहे सत्तामा रहौँ, चाहे बाहिर रहौँ ।
    हाम्रा बिचको असल पार्लियामेन्टरी जुन प्राक्टिस छ, त्यो प्राक्टिसको कमी आउन हुनु हुँदैन । किनभने पाँच महिनापछि फेरि जनताको बिचमा जान्छौँ, कति अनुमोदित भएर आइएला, कति नआइएला ।
    नआउँदै गर्दापनि यही भूगोलमा हामीले राजनीति गर्ने हो । त्यसअर्थमा, म माननीयहरुसँग अनुरोध के छ भने, मन्त्रालयगत छलफलमा होस वा कुनै कुराहरुमा जाँदै गर्दा, कमसेकम म भन्न चाहान्छु, अहिले उहाँ उपस्थित हुनुहुन्न । सरकार परिवर्तनकै क्रममा व्यक्तिगत वा कसैलाई बढि छोयो भने मलाई लाग्छ, उहाँलाई छुनुपर्छ ।
    उहाँले डेमोक्रेटिक शालीनता देखाउनुभयो, हाम्रा लागि पनि त्यो अनुकरणीय रह्यो । अपिल गर्न चाहान्छु, असल प्राक्टिसमा हामी जाऔँ ।
    यति भनिकन, सभामुख महोदय मैले आज विशेष समय मागेँ ।
    त्यो के भन्दाखेरि अहिलेको वार्षिक कार्यक्रममा प्रकाशित केही कार्यक्रमहरु खासगरिकन गोवद्र्धन शर्मा मेमोरिलय ट्रष्ट लगायतका प्रतिष्ठान, ट्रष्टका विषयलाई लिएर जुन एउटा समाजमा, सामाजिक सञ्जाल, मिडिया र प्रतिपक्षमा रहनुभएका साथीहरु सबैले जुन एउटा चासो राख्नुभयो, उठाउनुभयो ।

    कतिपय कुराहरु त्यसलाई क्लियर गर्नुपर्ने महसुस गरेर समय मागेको छु । म एउटा स्मरण गराउन चाहान्छु र यो सभामा एउटा प्रश्न गर्न चाहान्छु ।
    यो देशमा परिवर्तन ल्याउनको लागि, संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउनका लागि हजारौँ शहिद, व्यक्तिहरुले सहादत प्राप्त गर्नुभएको छ । र त्यस्ता हजारौँ व्यक्तिहरु पनि हुनुहुन्छ, सहादत प्रत्यक्ष प्राप्त गर्नुभएन । एउटै मोर्चामामा लड्दालड्दै एउटा साथी मरेको छ । अर्को साथी बाँचेको छ । एउटै आन्दोलनमा प्रहरीको गोली, कोही ढलेको छ कोही ढलेको छैन । ढलेकाहरु व्यक्ति शहिद घोषित हुन । सम्मान छ, दिनुपर्छ । कुन पार्टीको विचारको थियो, गौण कुरा हुन ।
    हामीले यो मुलुकमा आमूल परिवर्तनका लागि लड्ने सन्दर्भमा जजसले सहादत पाउनुभयो, उहाँहरु सम्मानित हुनुहुन्छ । साथसाथै, इतिहासमा त्यस्ता पनि व्यक्तिहरु हुनुहुन्छ, जो न राष्ट्रको कुनै पदमा बस्नुभयो, जसले जिन्दगीभर आफ्नो व्यक्तिगत कुरामा लाग्नुभएन । समाज परिवर्तन, लोकतन्त्र, नेपाललाई परिवर्तन गर्नकोलागि दिनुभयो, यस्ता व्यक्तिलाई राष्ट्रले, प्रदेशले सम्झने कि नसम्झने ? एउटा प्रश्न छ ।
    आज विपी कोइरलालालाई छाडौँ, उहाँ प्रधानमन्त्री हुनुभयो, पुष्पलाल जी केही हुनुभाथ्यो ? थिएन । गणेशमानजी सरकारी पदमा जानुभयो, जानुभएन । यस्ता धेरै व्यक्तित्वहरु हुनुहुन्छ, जसलाई हामीले सम्मान गरेका छौँ, गर्नुपर्छ र केन्द्रिय सरकारले गरिआएको पनि छ ।
    उहाँहरुका नाममा विभिन्न प्रतिष्ठान, संस्थाहरु छन । ती संस्थाहरुलाई केन्द्रिय सरकारले करोडौँ रुपैयाँ दिएको छ किन ? परिवारलाई बाँडेर खान दिएको होइन, परिवारले खान बनाएको पनि होइन ।
    ती व्यक्तिहरुको नामलाई भविष्यमा पनि एउटा अमर रहोस भन्ने दृष्टिकोणले त्यस्ता प्रतिष्ठान बनेका हुन्छन, सहयोग दिएको हुन्छ । ०४६ यता हेरौँ, आम प्राक्टिसको कुरा हो ।
    यसै सन्दर्भमा हेर्दै गर्दा गोवद्र्धन शर्मा मेमोरियल ट्रष्ट छ, त्यसलाई बढि हाइलाइट गरियो । स्विकार छ । गोवद्र्धन शर्मा मेरो पिताजी हो । तर, गण्डकी प्रदेश सरकारका हैसियतले, गण्डकीका लोकतान्त्रिक आन्दोलन, वामपन्थी आन्दोलन हाँक्ने पुराना नेताहरु मध्येको गोवद्र्धन शर्मा, एकदेव आले दुवै तनहुँ जिल्लाको हुनुहुन्छ ।
    उहाँहरुले ००७ सालको क्रान्तिमा जहाँ एकैपटक ६ जना शहिद भए, उहाँ हुनुभएन । त्यो शहिद नहुनुभएको कारणले तनहुँ जिल्लामा चाहे शैक्षिक, छुवाछुत, हलो क्रान्तिको आन्दोलनमा उहाँले जोखिम लिएर समाज परिवर्तनको लागि आफ्नो जातबाट पनि च्युत भएर बस्नुपरेको अवस्था त्यो परिवारमा थियो ।
    २०१७ सालमा राजा महेन्द्रले कु गरिसकेपछि उहाँ ८ वर्ष प्रवासमा बस्नुभयो, उहाँको सम्पत्ति हरण भयो, परिवारहरु बेआश्रित भए ।
    त्यसपछि पञ्चायतका विरुद्धमा पनि पटकौँपटक हिरासत र जेल वरण गर्नुभयो । त्यो व्यक्ति जसलाई अहिलेको पुस्ताले चिनेन, तर अघिल्लो पुस्ताले त्यो व्यक्तिको नाम लिँदै गर्दा मलाई लाग्छ, त्यो एउटा प्रदेशकै सम्मान गर्नुपर्ने व्यक्ति हो । उसको नाममा एउटा ट्रष्ट जुन १५ वर्ष अगाडिदेखि नै छ ।
    यसले नेपाल सरकारदेखि विभिन्न संघसंस्थाबाट सहयोग ल्याएर कृषिमा रिसर्च सेन्टरको रुपमा पनि काम गरेको छ । त्यो संस्थालाई प्रदेश सरकारले रकम विनियोजित ग¥यो । यसलाई गरिबप्रधान मुख्यमन्त्री भनेर एक रुपियाँ राख भनेर राजनीति भजाउने कुरा फरक हो । तर, त्यो संस्थाले यति हुँदाहुँदै पनि व्यक्तिको कुरा गर्नुपर्छ भने धेरै गरेको अवस्था छ । तर, अहिले त्यो कुरा हुन सकेन । हामी भावनामा कमसेकम तपाइ हामी भनेको पुरानो र नयाँ पुस्ताको बिचमा छौँ, हामीलाई त्यो इतिहास थाहा छ, हामीकहाँ एकदेव आले प्रतिष्ठान पनि छ । हिजो सरकारबाट त्यहाँ पनि प्राप्त भएको थियो, हामीलाई पनि प्राप्त भएको थियो ।
    यो के हो भने, सहिष्णुताको अभाव भन्छु म ।
    आज जुनरुपले प्रचारमा आयो, कस्तो प्रचारमा आयो भन्दाखेरि, गण्डकी प्रदेश सरकारले अनुदान दियो ।
    जसले मुलुकको परिवर्तनको लागि लड्यो, इतिहासका लागि आफूलाई समर्पित ग¥यो, त्यसले राष्ट्रबाट सम्मानित हुने हक राख्छ । त्यो प्राक्टिस प्रदेशभित्र पनि छ । म सम्मानका साथ नाम लिन्छु हिजोको सरकारले रविन्द्र अधिकारीजीको नामका संस्थामा रकम विनियोजित भएको छ । हामीले कहिँ बोलेनौँ । किनभने त्यो हैसियत उहाँको छ, हामीले मान्यौँ, योगदानको कदर ग¥यौँ । यी सबै कुराहरुलाई हेर्दा अहिले हामी बढि बायस भयौँ कि भन्ने मलाई लाग्छ ।
    एउटा सानो उदाहरण दिन चाहान्छु, हामीले अघिल्लो सरकारको तीन वर्ष भन्ने पुस्तिका छ । उपलब्धिपूर्ण छ । त्यो उपलब्धिमध्ये बागलुङको काठेखोला स्थित जिमाक सांस्कृति संग्रहालय स्थापना एवम स्तरोन्नतीलाई लिएको छ । यो प्रदेशले एउटा उपलब्धिको रुपमा लिएको संस्था हो । हिजोदेखि बजेट विनियोजित भएर आएको संस्था हो, आज यसलाई पनि विवादित बनायौँ । किन ?
    हामीले डबल स्टान्डर्ड नगरौँ भन्ने कुरा हो ।
    सरकारले विनियोजित गरेका जुन शिर्षकहरु छन, ती शिर्षकहरु वैधानिक रुपमा, कानूनी रुपमा ठिक छन । तर, लोकतान्त्रिक परिपाटी, व्यवस्था, नागरिक समाज आदि इत्यादी, जो लोकतन्त्रका पहरेदार । उहाँहरुको आवाजहरुलाई मैले कदर गर्नुपर्छ भन्ने मान्यता सरकारले राख्छ । यसमा मेरो एउटा मात्र भनाई छ, मैले मिडियाका, सामाजिक सञ्जालका साथीहरुलाई अनुरोध गर्न चाहान्छु ।
    यही रोष्टममा अघिल्लो सरकारले सामाजिक सञ्जालमा रोक लगाउन लाग्यो भनेर आवाज बुलन्द गर्ने चेहराहरु यहीँ छँौ । यो वा त्यो बहानामा सामाजिक सञ्जाललाई लोकतन्त्रमा यो वा त्यो बहानामा कन्ट्रोल गरिनुहुन्छ, सामान्य कानून बाहेक अरु कानून बनाएर नियन्त्रण गर्न पाइँदैन भन्ने व्यक्ति हामीहरु नै हो ।
    तर, आज मैले देखिरहेको छु, त्यो सञ्जालमा प्रस्तुतीकरण आआफ्नो तरिकाले गर्नु, मेरो निवेदन के छ भने वास्तविकता बुझ्नु ।
    प्रस्तुतीकरण गर्दैगर्दा, रियक्सन गर्दैगर्दा कमसेकम शब्द चयनहरु राम्रोसँग गर्नुहोस । एउटा सभ्य समाजमा एउटा सञ्चारकर्मी, सञ्जालको एउटा जिम्मेवार व्यक्ति हुनुको नाताले ध्यान जानुपर्छ भन्ने मलाई लाग्दन ।
    यो कुनै व्यक्ति, परिवारलाई दिएको दान उपदान होइन । र पनि, प्रदेश सरकारले जसरी नागरिक समाजले आवाज उठायो, मैले हेरेँ, एकजना माननीयले युवा नेता भएर भाषण दिइरहनुभएको थियो, सुनिरहेको थिएँ मैले । उहाँ देखि लिएर, हामीले ती सबै कुरालाई कदर गर्दै, यद्यपी यी सबै कुरा वैधानिक हुँदाहुँदै पनि नागरिक समाज, सञ्जाल र प्रतिपक्षीको आवाजलाई कदर गर्दै सबैको भावनालाई आत्मसात गर्दै गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७९÷०८० को वार्षिक कार्यक्रममा समावेश गरेका गोवद्र्धन शर्मा स्मृति कोष, श्री पुननारायण धनकुमारी परोपकारी ट्रष्ट भवन निर्माण, पुननारायण धनकुमारी परोपकारी ट्रष्ट, डिल्लीराम लामिछाने स्मृति प्रतिष्ठान भवन निर्माण, अमृत जोशी स्मृति पार्क लगायतका कार्यक्रम तथा बजेटका विषयमा नागरिकस्तरबाट जुन असन्तुष्टि व्यक्त भयो, त्यो कुरालाई मध्यनजर राख्दै आम नागरिकको भावनलाई उच्च कदर गर्दै यी र यस्ता कुराहरुमा विनियोजित स्रोतहरुलाई प्रदेशका प्राथमिकताका क्षेत्रमा खर्चिने व्यवस्था मिलाउन मैले सम्बन्धित मन्त्रालयलाई निर्देशन दिइसकेको व्योहोरा म यस सम्मानित सभा समक्ष जानकारी गराउन चाहान्छु ।