दमौली । राप्रपा तनहुँका अध्यक्ष विनोद घर्तीले पार्टीमा जनताको आकर्षण बढेको बताएका छन् । शुक्लागण्डकी नगरपालिका-१० बसुवाटोलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा घर्तीले उक्त कुरा बताएका हुन् ।
स्थानीय तह निर्वाचनको परिणामले पनि राप्रपामा जनताको आकर्षण बढेको पुष्टि भएको उनले बताए ।
सो अवसरमा विभिन्न पार्टी परित्याग गरी ४९ जना राप्रपामा प्रवेश गरेको जनाइएको छ। घर्तीका अनुसार विष्णु बहादुर खाँड ठकुरी,इच्छा सिंह ठकुरी, विनोद खाँड,बिक्रम खाँड ठकुरी, बाबुराम रेग्मी लगायत राप्रपा प्रवेश गरेका छन् ।