पोखरा । माननीय मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई कोरोना संक्रमण भएको छ । मंगलबार पिसिआर परीक्षण गराउँदा उनलाई कोरोना पुष्टि भएको हो ।
उनलाई आाइतबारदेखि सामान्य रुघा लागेकामा साेमबार बिहानबाट हल्का ज्वरो आएको थियो । सोमबार नै उनले चिकित्सकसँग परामर्श लिएकामा मंगलबार बिहान स्वाब संकलन गरिएको थियो । मंगलबार साँझपख मात्र परीक्षणको रिपोर्ट आएको हो ।
चिकित्सकका अनुसार उनलाई अहिले हल्का ज्वरो आए पनि अक्सिजनको मात्रा र छातीको अवस्था सामान्य छ । बुधबार बिहान उनको थप स्वास्थ्य परीक्षण गरिने भएको छ । हाल उनी पोखरास्थित सरकारी निवासमै आराम गरिरहेको पोखरेलका प्रेस संयोजक भरत कोइरालाले जानकारी दिए ।
कोरोना संक्रमण बढेकामा सतर्क रहन आग्रह गर्दै उनले मास्क, सेनिटाइजरको प्रयोग गर्न र सामाजिक दुरी कायम गर्न अनुरोध गरेका छन् ।