स्याङ्जामा पोखरीमा डुबेर दुईको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    स्याङ्जामा पोखरीमा डुबेर दुईको मृत्यु

    खबरपुञ्ज संवाददाता

    ५ श्रावण २०७९, बिहीबार

    स्याङ्जा । स्याङ्जाको गल्याङमा सिँचाइ पोखरीमा डुबेर दुई जनाको ज्यान गएको छ ।

    पोखरीमा डुबेर गल्याङ नगरपालिका वडा नम्बर–६ बस्ने कामना गुरुङकी ४ वर्षीया छोरी सोफिया गुरुङ र उनलाई बचाउन गएकी ३३ वर्षीया वृन्दा गुरुङको ज्यान गएको हो । 

    जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रविन्द्र खनालले पोखरीमा बालिका खसेकाे देखेपछि बचाउन गएकी वृन्दाको पनि डुबेर ज्यान गएको जानकारी दिए ।

    सिँचाइ पोखरी एक लाख लिटर क्षमताको भएकाे प्रहरीले जनाएकाे छ ।