पोस्टपेड सेवाको धरौटीलाई बिलमा समायोजन गर्दै टेलिकम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    पोस्टपेड सेवाको धरौटीलाई बिलमा समायोजन गर्दै टेलिकम

    खबरपुञ्ज संवाददाता

    ५ श्रावण २०७९, बिहीबार

    काठमाडौं । नेपाल टेलिकमले विभिन्न पोस्टपेड सेवाको धरौटीलाई बिलमा समायोजन गर्न थालेको छ ।

    एक सूचना जारी गर्दै कम्पनीले साउन १ देखि धरौटीसम्बन्धी व्यवस्था परिवर्तन गरी सोही बराबरको रकमलाई एडभान्सका रूपमा रूपमा लिन थालेको जानकारी दिएको छ ।

    यसअन्तर्गत जीएसएमए सीडीएमए, पीएसटीएन, एफटीटीएच, आईएसडीएन, टोल फ्री, भिस्याट लगायतका पोस्टपेड सेवा जडान गर्दा लिँदै आएको धरौटीसम्बन्धी व्यवस्थालाई परिवर्तन गरी सोही बराबरको रकमलाई एडभान्सका रूपमा लिइने टेलिकमले जनाएको छ ।

    ‘साविकका ग्राहकहरूको हाल कायम रहेको धरौटीलाई साउन मसान्तधित्र क्रमिक रूपमा बाँकी बक्यौतामा समायोजन गरी बाँकी रहने रकमलाई एडभान्सका रूपमा कायम गरिने छ,’ टेलिकमकाे सूचनामा उल्लेख छ ।