एसइइको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् !
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    एसइइको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् !

    खबरपुञ्ज संवाददाता

    १० श्रावण २०७९, बुधबार

    काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । सार्वजनिक नतिजाअनुसार उच्च जीपीए ल्याउन नौ हजार ६३३ जना रहेका छन् ।

    शैक्षिक सत्र २०७८ को परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गरिएको  थियो ।

    यो वर्ष ११ हजार ६ सय १५ विद्यालयका ५ लाख १४ हजार ७ सय ६० जना विद्यार्थीले परीक्षा दिएका थिए ।

    ६१ देखि ४ ग्रेड ल्याउनेको संख्या १‍.९४ प्रतिशत रहेको बोर्डका परीक्षा नियन्त्रक दुर्गाप्रसाद अर्यालले  जानकारी दिए ।

    उनका अनुसार नन ग्रेड ल्याउनेको संख्या ४.५५ रहेको छ भने ०.८१ देखि १. २ जीपीए ल्याउनेको संख्या ०.६६ प्रतिशत रहेको छ ।

    यस्तै १.२१ देखि १.६० जीपीए ल्याउनेको संख्या ९ प्रतिशत, १.६१ जीपीएदेखि २.० जीपीए ल्यानेको संख्या २०.२९ प्रतिशत, २.०१ देखि २.४ जीपीए ल्याउनेको संख्या २२.७४ प्रतिशत, २.४१ देखि २.८० जीपीए ल्याउनेको संख्या १८.३१ प्रतिशत रहेको छ ।

    २.८१ देखि ३.२ जीपीए ल्याउनेको संख्या १४.१३ प्रतिशत र ३.२१ देखि ३.६ जीपीए ल्याउनेको सख्ंया १.४ प्रतिशत रहेको परीक्षा नियन्त्रक अर्यालले बताए ।

    एसईईको नतिजा एसएमएस, आईभीआर र वेबसाइटबाट पनि थाहा पाउन सकिन्छ । नेपाल टेलिकमको १६०० नम्बरमा डायल गरी प्राप्त निर्देशन अनुसार नतिजा थाहा पाउन सकिने परीक्षा बोर्डले जनाएको छ ।