भ्रष्टाचार विरुद्ध ‘भानु जागरण सञ्जाल’ गठन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भानु

    भ्रष्टाचार विरुद्ध ‘भानु जागरण सञ्जाल’ गठन

    खबरपुञ्ज संवाददाता

    १४ श्रावण २०७९, आईतवार

    भानु । भानुमा भ्रष्टाचार विरुद्ध काम गर्ने उद्देश्य सहित युवाहरुले भानु जागरण सञ्जाल गठन गरेका छन् । भानुका युवाहरुको भेलाले दिनेश विष्टको अध्यक्षतामा सञ्जाल गठन गरेका हुन् ।

    सञ्जालको उपाध्यक्षमा परशुराम जोशी, सचिवमा प्रविण ढकाल, कोषाध्यक्षमा आशोल मास्की र सदस्यहरुमा निर घले, हिरा तामाङ, नवराज जोशी, भक्तबहादुर कुंवर, अमृतकुमार श्रेष्ठ, रामशरण केसी र मिलन तामाङ रहेका छन् ।

    सञ्जालमा भानुका १३ वटै वडाहरुबाट युवायुवतीलाई समेट्ने लक्ष्य राखिएकाे प्रवासी भानु युवा जागरण समूह कतारका संस्थापक रेशम तामाङले खबरपुञ्जलाई जानकारी दिए ।