युथ कांग्रेसले भन्यो – अर्थमन्त्रीमा पुनः नियुक्ति लोकतन्त्र र संसदीय व्यवस्थाको उपहास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    युथ कांग्रेसले भन्यो – अर्थमन्त्रीमा पुनः नियुक्ति लोकतन्त्र र संसदीय व्यवस्थाको उपहास

    खबरपुञ्ज संवाददाता

    १४ श्रावण २०७९, आईतवार

    काठमाडाै । युथ कांग्रेस नेपालले जनार्दन शर्मालाई पुनः अर्थमन्त्री नियुक्त गरिनु लोकतन्त्र र संसदीय व्यवस्थाको उपहास भएको बताएको छ । युथ काङ्ग्रेसले आइतबार प्रेस विज्ञप्तीमार्फत् शर्मालाई पुनः मन्त्रीमा नियुक्त गरिनु संसदीय व्यवस्थाको उपहास भएको बताएको छ ।

    युथ कांग्रेसका अध्यक्ष सचिन तिमिल्सिनाद्वारा जारी विज्ञप्तीमा कानूनका मान्य, सिद्धान्त र प्राकृतिक न्यायको सिद्धान्तलाई चुनौति दिने गरी गठन गरिएको संसदीय विशेष समिति र त्यससमिति मार्फत् अर्थमन्त्रीलाई चोख्याउन रचिएको नाटक सरकार र सत्तारुढ दलको असंवेदनशीलताको पराकाष्ठा भएको उल्लेख गरिएको छ ।

    May be an image of text

    विपक्षी दल नेकपा एमालेले यस्तो संवेदनशील मुद्धालाई एम अधिकारीको मुद्धासँग दाँजेर अङ्गीकृत गरेको तै चुप मै चुप नीतिले सत्तापक्ष एवं प्रतिपक्षको भूमिकालाई लिएर प्रश्न उठेको विज्ञप्तीमा भनिएको छ ।