नारायणी नदीमा सतर्कता तह नजिक पुग्यो बाढी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    नारायणी नदीमा सतर्कता तह नजिक पुग्यो बाढी

    खबरपुञ्ज संवाददाता

    १६ श्रावण २०७९, मंगलवार

    चितवन । चितवन र नवलपरासी क्षेत्रमा भारी वर्षा भएको छ । मंगलवार बिहान ६ बजेसम्ममा सो क्षेत्रमा भारी वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    भारी वर्षापछि नारायणी नदीमा जलसतह सतर्कता तह नजिक पुगेको र बढ्दो क्रममा रहेको विभागको भनाइ छ । 

    नारायणी नदी देवघाट बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह (७.३ मि)नजिक पुगेको विभागले जनाएको हो । विभागले सो क्षेत्र तथा आसपासका क्षेत्रमा मंगलवार दिउँसोसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।