तनहुँमा कार्यरत प्रहरी जवान सापकाेटाकाे डुबेर मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    तनहुँमा कार्यरत प्रहरी जवान सापकाेटाकाे डुबेर मृत्यु

    खबरपुञ्ज संवाददाता

    २७ श्रावण २०७९, शनिबार

    पर्वत । पर्वतको फलेवास नगरपालिका वडा नं. ९ भंगरामा रहेको पोखरीमा डुबेर एक सशस्त्र प्रहरी जवानको ज्यान गएको छ । स्याङ्जा जिल्ला अर्जुन चौपारी गाउँपालिका वडा नं. ५ घर भइ हाल सशस्त्र प्रहरी बल २३ नम्बर गण भानु नगरपालिका तनहुँमा कार्यरत सशस्त्र प्रहरी जवान गिरिजा सापकोटाको डुबेर ज्यान गएको हो । 

    उनी कार्यरत गणबाट बिदामा घर आएका थिए । साथीहरुसँग पर्वतकाे भंगरामा पर्ने जलजला घुम्न गएकाे बेला शुक्रबार पाेखरीमा डुबेर ज्यान गएको हो । त्याे ठाउँ स्याङ्जा र पर्वतको सीमा क्षेत्रमा पर्छ । दिउँसो ४ बजेको समयमा पोखरीमा डुबेर बेपत्ता भएका सापकोटाको साँझ ६ बजे मात्रै शव निकालिएको थियो ।