फेरि पनि म अनुरोध गर्दछु राष्ट्रियसभाको बैठकबाट नागरिकता विधेयक सच्याएर पारित गरौं । नेपाली जो अनागारिक भएर धेरै दु:ख पाइरहेका छन उनीहरुलाई नेपालको नगारिक बन्न पाउने अधिकारबाट बञ्चित नगरौं । तर बैबाहिक अङ्गिकृतका लागि समयसिमा कायम गरौं । पितृत्वको पहिचान नभएका नेपाली महिलाका सन्तानले नागरिकता पाउन आमा र सन्तान दुबैले स्वघोषणा गर्न पर्ने जस्तो मनोबैज्ञानिक रुपमा आमा र तिनै आमाका सन्तानलाई प्रताडित बनाउने प्रावधान बेठीक छ , स्व घोषणा नगरीकन नागरिकता दिलाउने प्रावधान राखौं ।
राष्ट्रियसभाले परिपक्वता देखाउन जरुरी छ , विवेक पुर्याउँ र राष्ट्रियसभाको गरिमा बढाउँ ।
राष्ट्रियसभामा सत्तापक्ष एउटा पार्टीका वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ । भाषणमा चर्को स्वरले बोलेर होईन व्यवहारमा राष्ट्रियताको पक्षमा उभिएर देखाउनु । तपाईंको परिक्षण बल्ल हुँदैछ , तपाईं के गर्नुहुन्छ भन्ने आम नागरिकले हेरेर बसेका छन । अन्यथा तपाईंको चर्को बोली केवल पदका लागि बार्गेनिङ हो भन्ने जनताको आरोप सही साबित हुनेछ ।
नेकपा ( एमाले ) लाई विभाजन गरेर बनेको एउटा पार्टीको महासचिव त्यही राष्ट्रियसभामा हुनुहुन्छ । त्यो पार्टीको भूमिका हेर्दा हजार तर्क गरे पनि विभाजनको औचित्य पुष्टि हुन सक्दैन । मार्क्सवादको किताब लेख्दैमा कम्युनिष्ट भैंदैन । सत्तापक्ष हुँ त्यसकारण पक्षमा उभिएको भन्ने जवाफ दिएर राष्ट्रघात गर्न पाईन्न । त्यसो हो भने आफ्नै पार्टी सत्तामा हुँदा आफ्नो पार्टीको पक्षमा किन उभिनु भएन त ? आफ्नै पार्टीको प्रधानमन्त्रीले विश्वासको मत लिन ह्विप जारी गर्दा किन अनुपस्थित हुनु भयो ? आज शक्ति केन्द्रले जे भन्यो त्यही मान्नका लागि पार्टी विभाजन गरेको होर ?
अन्त्यमा फेरि अनुरोध गर्दछु सम्मननीय राष्ट्रपति ज्युले सन्देश सहित फिर्ता पठाउनु भएको विधेयक वहाँको भावना अनुसार पारित गरौं , देश प्रति बेइमानी गरेर कालोसूचीमा आफ्नो नाम दर्ज नगरौं ।
लेखक राष्ट्रिय सभा सदस्य हुन्