दमौली । व्यास नगरपालिकाले १४ वडाका विद्यालयबाट बालबालिकालाई कोभिड विरुद्धको फाइजर खोप लगाइने भएको छ। नगरपालिकाले विभिन्न विद्यालय र केही स्वास्थ्य संस्थामार्फत् ५ देखि ११ वर्षसम्मका बालबालिकालाई खोप लगाउन लागिएको हो ।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले १० हजार ३ सय ५० बालबालिकालाई खोप लगाइने जानकारी दिए ।