त्रिभुवन क्याम्पस मानेचाैकामा स्नातकाेत्तरकाे पढाई हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भानु

    त्रिभुवन क्याम्पस मानेचाैकामा स्नातकाेत्तरकाे पढाई हुने

    खबरपुञ्ज संवाददाता

    ६ भाद्र २०७९, मंगलवार

    दमाैली । भानु नगरपालिका-११ मानेचाैकास्थित त्रिभुवन क्याम्पसमा स्नातकाेत्तरकाे पढाइ हुने भएकाे छ ।

    पूर्वाञ्चल विश्वविद्यालयले क्याम्पसलाई अस्थायी सम्बन्धन दिएसँगै क्याम्पसमा स्नातकाेत्तरकाे पढाई हुने भएकाे हाे ।

    विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादव कोइरालाले भानु नगर प्रमुख आनन्दराज त्रिपाठी, भानु-११ का वडा अध्यक्ष विमलराज जोशी, क्यापस व्यवस्थापन समितिका अध्यक्ष टेक बहादुर गुरुङ, क्यापस प्रमुख रवीन्द्राज जोशीलाई मङ्गलबार सम्बन्धनकाे प्रमाणपत्र प्रदान गरेका छन् ।

    कला÷कानुन÷शिक्षाशास्त्र संकाय अन्तर्गत स्नातकोत्तर तहको वर्षे शैक्षिक कार्यक्रम सञ्चालन गर्नका लागि क्याम्पसले आवेदन दिएका पूर्वाञ्चल विश्वविद्यालय कार्यकारी परिषद्को साउन १८ गतेको निर्णय अनुसार क्याम्पसलाई अनुमति प्रदान गरिएको हो ।

    शैक्षिक शत्र ०७९÷८० देखि स्नातकोत्तर तहको दुई वर्षे एमएड शैक्षिक कार्यक्रम सञ्चालनका लागि पू.वि. सम्बन्धन सम्बन्धि नीति, शर्त र प्रक्रिया २०७३ (संशोधन सहित) को बुँदा नम्बर ४ अनुसार अस्थायी सम्बन्धन दिइएको जनाइएको छ ।