दमाैली । नेपाली काङ्ग्रेसका नेता शेष मोहम्मद हनिफ (गोरा मियाँ) ले प्रदेशसभा सदस्यका लागि पार्टीमा आन्तरिक उम्मेदवारी दर्ता गराएका छन् । मङ्सिर ४ गते हुने निर्वाचनका लागि आकाङ्क्षीको नामावली सङ्कलन थालिएकामा मियाँले आइतबार पार्टी कार्यालयमा आन्तरिक उम्मेदवारी दर्ता गराएका हुन् ।
तनहुँ क्षेत्र नम्बर १ प्रदेशसभा (क) तर्फ प्रत्यक्षका लागि मियाँले उम्मेदवारी दर्ता गराएका हुन् । पार्टीको १४ औं महाधिवेशन अन्तर्गत मियाँ सोही प्रदेशसभा सभापतिमा पराजित भएका थिए ।
नेपाल मुस्लिम सङ्घ तनहुँले पनि मियाँलाई प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनाउन पार्टी जिल्ला समिति समक्ष अनुरोध गरेको छ ।