मुख्मन्त्री पाेखरेलद्वारा काेराेला सडककाे अनुगमन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    मुख्मन्त्री पाेखरेलद्वारा काेराेला सडककाे अनुगमन

    खबरपुञ्ज संवाददाता

    ११ भाद्र २०७९, आईतवार

    मुस्ताङ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको टोलीले बेनी जोमसोम कागबेनी कोरोला सडकको अनुगमन गरेको छ । शनिबार टोली कोरोला पुगेको थियो ।

    नाकामा संरचना बनाएर भन्सार सञ्चालनका लागि संघ सरकारको ध्याकर्षण गराउने पाेखरेलले प्रतिबद्धता जनाएका छन् । त्रिवेणी कोरोला सडक प्रदेशको लाइफलाइन नै मानिएको छ । जोमसोमदेखि माथि पुलहरु धमाधम बनिरहेको भए पनि घाँसा खण्डमा भने काम सुस्त भएको र पहिरोको पनि जोखिम छ ।

    उनले सम्बन्धित कार्यालयका प्रमुखलाई छिटो काम सक्न निर्देशन दिनुका साथै थप लगानीका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलको ध्यानाकर्षण गराएका छन् । उनले नेचुङ भन्सार कार्यालय र बोर्डर आउट पोस्ट पनि अवलोकन गरी वस्तुस्थितिबारे जानकारी लिएका छन् ।

    टोलीमा आन्तरिक मामिला मन्त्री डोबाटे विक, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार खड्डबहादुर कमाल, मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव रामप्रसाद आचार्यसहित सहभागी थिए ।