दमौली । नेपाली कांग्रेस तनहुँका जिल्ला सदस्य डम्बर अधिकारीले तनहुँ क्षेत्र नम्बर १ प्रदेश (ख) का लागि उम्मेदवारी दर्ता गरेका छन् । कांग्रेसले आकांक्षीको आन्तरिक उम्मेदवारी आव्हान गरेकामा अधिकारीले सोमबार उम्मेदवारी दर्ता गरेका हुन् ।
उक्त प्रदेशमा प्रत्यक्षतर्फ आकांक्षा व्यक्त गरेर उम्मेदवारी दर्ता गर्नेमध्ये अधिकारी एकमात्र हुन् । बिहान ११ बजेसम्म प्रत्यक्षका लागि अरुले उम्मेदवारी दिएका छैनन् ।
समानुपातिकतर्फ भने उम्मेदवारी परेको छ । गठबन्धन गरेर चुनावमा जॉदा उक्त क्षेत्र नेकपा माओवादी केन्द्रको भागमा पर्ने र त्यहॉ माओवादी नेता हरिबहादुर चुमान उठ्ने भएकाले पनि प्रत्यक्षतर्फ कसैले इच्छा व्यक्त नगरेको हुन सक्ने बताइएको छ ।