दमौली। नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले मंसिर ४ गते हुने निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ का लागि आवेदन दर्ता गरेका छन् । नेपाली कांग्रेसले आकांक्षीको आवेदन संकलन गरेकामा भण्डारीले सोमबार तनहुँ-१ का लागि आवेदन दर्ता गरेका हुन् ।
भण्डारीले नेपाली कांग्रेसका जिल्ला सदस्य डम्बर अधिकारीमार्फत् क्षेत्रीय समितिमा आवेदन बुझाएका छन् ।
तनहुँ-१ बाटै वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य गोविन्द भट्टराई, रामचन्द्र पोखरेलले पनि आवेदन दर्ता गरेका छन् ।