‘युवालाई कांग्रेसमा आकर्षित गर्न मेरो उम्मेदवारी’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ‘युवालाई कांग्रेसमा आकर्षित गर्न मेरो उम्मेदवारी’

    खबरपुञ्ज संवाददाता

    १३ भाद्र २०७९, मंगलवार

    दमौली । नेपाली कांग्रेसका युवा नेता शंकर पौडेलले मंसिर ४ गते हुने निर्वाचनमा प्रदेशसभा तर्फ आवेदन दर्ता गरेका छन् । पौडेलले सोमबार तनहुँ क्षेत्र नम्बर १ प्रदेश (क) तर्फ आवेदन दर्ता गरेका हुन् ।

    पौडेलले युवा वर्गलाई कांग्रेसमा आकर्षित गर्न आफ्नो उम्मेदवारी रहेको बताए । ‘युवा वर्गलाई राजनीतिको वितृष्णा अन्त्य गरी आकर्षित गराउनु मेरो मूल लक्ष्य हो,’ उनले भने, ‘कांग्रेसमा युवा वर्गले पनि अवसर पाउँछन् भन्ने पुष्टि गराउनुछ ।’

    पौडेलले राजनीतिलाई सबैको पहुँचमा पुर्याउन, तनहुँको राजनीतिलाई थप उचाईमा पुर्याउन, संघीय उम्मेदवारको पक्षमा जनलहर सिर्जना गर्न उम्मेदवार बन्न लागेको बताए ।

    नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय सभापति रहिसकेका पौडेल स्थानीय तह निर्वाचन केन्द्रीय निर्वाचन परिचालन समिति सदस्य, कोभिड-१९ को नियन्त्रण, अनुगमन तथा अध्ययनको तनहुँ संयोजक भएर काम गरिसकेका छन् ।