कुडुले घाटमा स्थलगत निरीक्षण : मेसिन नियन्त्रण, ३० हजार जरीवाना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    कुडुले घाटमा स्थलगत निरीक्षण : मेसिन नियन्त्रण, ३० हजार जरीवाना

    खबरपुञ्ज संवाददाता

    २० भाद्र २०७९, मंगलवार

    आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका–३ स्थित कुडुले घाटमा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरेको अभियोगमा गाउँपालिकाले मेसिन नियन्त्रणमा लिएको छ । गाउँपालिकाका अध्यक्ष शुक्र चुमानको नेतृत्वमा गरिएको स्थलगत अनुगमनका क्रममा अवैध रुपमा नदी दोहन गरेको भेटिएपछि मेसिन नियन्त्रणमा लिएर जरीवाना गराइएको छ ।

    मुग्लिन–पोखरा सडक आयोजनाको स्काभेटर प्रयोग गरी नदी दोहन गरिरहेको अवस्थामा भेटिएपछि मेसिन नियन्त्रणमा लिएर ३० हजार जरीवाना गराइएको अध्यक्ष चुमानले जानकारी दिए । “नदी दोहन गरिरहेको भन्ने गुनासो आएपछि तत्कालै स्थलगत निरीक्षणमा गएका थियौ,” उनले भने ।

    No description available.