पोखरा विश्वविद्यालयमा तीनदेखि विद्यार्थी अनसनमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    पोखरा विश्वविद्यालयमा तीनदेखि विद्यार्थी अनसनमा

    खबरपुञ्ज संवाददाता

    ३१ भाद्र २०७९, शनिबार

    पाेखरा । लेखनाथ स्थित ढुंगेपाटनमा रहेको विश्वविद्यालयको मुलद्वार अगाडि विद्यार्थी अनसन बसेका छन् । विद्यार्थी नेता सुनिल तिमल्सिनाका अनुसार विश्वविद्यालयले अनावश्यक रूपमा सम्बन्धन दिएर केही व्यक्तिले आर्थिक लाभ लिने गरेका छन् ।

    पोखरा विश्वविद्यालयले विगतका दश वर्षमा हेर्दा सबैभन्दा धेरै सम्बन्धन दिएको र यसले बेलाबेलामा विश्वविद्यालयको गरिमामयमा समेत आँच पुर्याएको भन्दै नेविसंघका नेता भीष्म श्रेष्ठले भने, ‘विश्विद्यालय सुधार र थप व्यवस्थित नगरी शिक्षालाई आफ्नो राजनैतिक र आर्थिक स्वार्थ पूरा गर्ने माध्यम बनाइएकाे छ ।’

    नेविसंघ पोखरा विश्वविद्यालयका नेता युनिक लम्सालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विश्वविद्यालयलाई नै धराशायी बनाउन थालिएको यस्ता क्रियाकलापविरुद्ध नेपाल विद्यार्थी मुल इकाइ समिति रिले अनसनजस्तो कठोर आन्दोलनका कार्यक्रम गर्न लागेको छ । विश्वविद्यालय रक्षार्थ र भ्रष्टाचारविरुद्धको अभियानमा सम्पूर्णको साथ र सहमर्थन रहने विश्वास व्यक्त गर्दछौं ।’

    अनसनकाे तेस्राे दिन शनिबार भीष्म श्रेष्ठ र सुनिल तिमल्सिना अनसन बसेका छन् ।