दमौली । तनहुँ क्षेत्र नम्बर २ का निवर्तमान प्रतिनिधिसभा सदस्य केदार सिग्देलले विधायकको रुपमा गर्न सक्ने हरेक काममा हरदम कोशिस गरेको बताएका छन् ।
पॉच वर्षे कार्यकाल सकिएपछि प्रतिक्रिया दिँदै सिग्देलले आफ्नो क्षमताले भ्याएसम्म पदीय दायित्व इमानदारीपूर्वक बहन गरेको बताएका छन् । ‘ धरै गरें भनि ठूला कुरा गर्न चाहन्न तर एउटा विधायकले निर्वाचन क्षेत्र र जनताको हितमा गर्न सकिनेसम्मका काममा हरदम कोसिस गरियो, अहितमा केही गरिएन भन्ठानेको छु’ उनले भने ।