काठमाडौं । प्रतिनिधि सभाको सिट बाँडफाँटका लागि छलफलमा जुटेका गठबन्धन आवद्ध नेताहरूको छलफल निष्कर्षमा पुग्न सकेको छैन । मंगलबार बेलुकी कुनै निष्कर्ष बिना बैठक सकिएको छ ।
सरकारका प्रवक्ता तथा सञ्चार तथा सुचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धनमा सहमतिको नजिक पुगेको बताएका छन् ।
उनले १६५ मध्ये ८० प्रतिशतमा सहमतिको नजिक पुगेको बताए । उनले बैठक बुधबार बिहान ८ बजे फेरी बैठक बस्ने जानकारी दिए ।