काठमाडौं । पूर्व प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनाल एमाले प्रवेश गर्ने भएका छन् ।
खनाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा एमाले प्रवेश गराउने भएका छन् ।
बुधबार ओलीले खनाललाई आफ्नै निवास बालकोटमा भेटेका थिए। भेटमा खनाललाई अध्यक्ष ओलीले पार्टीमा महत्वपूर्ण जिम्मेवारी दिने समेत बताएको स्रोतले बताएको छ । खनाललाई मंसिर ४ गतेकाे निर्वाचनमा उम्मेदवार बनाउने तयारी गरिएकाे छ ।
खनालकाे एमाले प्रवेशलाई नेकपा एमाले केन्द्रीय सदस्य भगवती न्याैपानेले पुष्टि गरेकी छन् । उनले भनिन्, ‘एमालेको नेतृत्वप्रति वहाँको पहिल्यैदेखि नै सम्मान र भरोसा थियो । तनहुँबासी हुनुका नाताले हाम्रो बीचमा धेरै अगाडि देखि पटकपटक संवाद पनि भएको थियो । मलाई मन पर्ने पार्टी नेकपा (एमाले ) नै हो र सोही पार्टीमा नै आवद्ध हुनेछु भन्ने वहाँको प्रतिबद्धता थियो । उहाँकाे प्रतिबद्धताले भोलिबाट सार्थकता पाउँदैछ ।’