राससका कार्यकारी सम्पादक बस्नेत सम्मानित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    राससका कार्यकारी सम्पादक बस्नेत सम्मानित

    खबरपुञ्ज संवाददाता

    ४ आश्विन २०७९, बुधबार

    काठमाडाै । राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी सम्पादक सूर्यचन्द्र बस्नेतलाई ‘राष्ट्रिय नागरिक सम्मान तथा अवार्ड–२०७९’ प्रदान गरिएको छ । सम्पादक बस्नेत विगत तीन दशकदेखि नेपाली पत्रकारिता क्षेत्रमा सक्रिय छन् ।

    राष्ट्रिय प्रेस क्लब, नेपालको ३८औँ वार्षिकोत्सवको अवसरमा पूर्वउपराष्ट्रपति परमानन्द झाले सम्पादक बस्नेतसहित विभिन्न क्षेत्रमा योगदान गर्नुहुने ४२ जनालाई सम्मान गरे। सम्मानित हुनेमा पूर्वमन्त्री, साहित्यकार तथा समाजसेवी भद्रकुमारी घले, गायक तथा सञ्चारकर्मी कृष्ण कँडेल, समाजसेवीद्वय पदम उप्रेती र लोकबहादुर टण्डन, सामाजिक अभियान्ता रामशरण न्यौपाने, व्यावसायीद्वय इ विनोद ढकाल र बेदुप्रसाद पाण्डे छन् ।

    सम्मानित व्यक्तित्व समाजसेवी उप्रेतीले मुलुकको व्यवस्था बदलिए पनि अवस्था जस्ताको जस्तै रहेको बताउँदै आर्थिक, सामाजिक विकाससँगै सुलुकको समग्र विकासको निम्ति सरकार, राजनीतिक दल र सम्बन्धित सबैमा आग्रह गरे।

    साे अवसरमा पूर्वउपराष्ट्रपति सोही अवसरमा पूर्वउपराष्ट्रपति झाले पूर्ण प्रेस स्वतन्त्रता कायम गर्दै मानवअधिकारको सम्मान गर्नुपर्नेमा जोड दिए। विशेष गरी विश्व शान्ति, प्रेस स्वतन्त्रता र मानवअधिकारको विषयमा छलफल गर्नुपर्ने बताउँदै उनले भने “विश्व शान्ति, पूर्ण प्रेस स्वतन्त्रता र मानव अधिकारजस्ता विषयमा निरन्तर फोकस हुनुपर्छ, यी विषयलाई जनतासमक्ष पु¥याउनुपर्ने जरुरी छ ।” काठमाडौँ महानगरपालिकाका निवर्तमान मेयर विद्यासुन्दर शाक्यले सरकारले मुलुकको धार्मिक पर्यटनको विकानसमा जोड दिनुपर्ने धारणा राखे ।