चितवनमा ‘पठाओ’ असोज ८ गते देखि सुरु हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    चितवनमा ‘पठाओ’ असोज ८ गते देखि सुरु हुने

    खबरपुञ्ज संवाददाता

    ५ आश्विन २०७९, बिहीबार

    काठमाडौं । असोज ८ गते देखि चितवनमा पठाओको राइड सेयरिङ सेवा सुरु हुने भएको छ ।  यस अगाडि राजधानी बाहिर पहिलोपटक चितवनमा सेवा विस्तार गर्ने बताएको पठाओले आज मिति घोषणा गरेको हो ।

    चितवनमा सुरुमा अटो र बाइकमा राइड सेवा  प्रदान गरिने बताइएको छ । यात्रुलाई सहजता प्रदान गर्नुका साथै रोजगारीको माध्यम समेत बन्दै गएको यस प्लाटफर्ममा युवाहरूको आकर्षण बढी रहेको उनी बताउँछिन् । 

    ‘चितवनमा पठाओ सेवा विस्तार गर्नुको मुख्य उद्देश्य भनेकै यात्रुलाई सहजता प्रदान गर्नु हो । करिब सबै तयारीहरू पुरा भइसकेका छन्,’ उनी भन्छिन् ‘पार्टटाइम काम गर्न चाहनेलाई  पठाओले झन् राम्रो अवसर सिर्जना गरेको छ । आफ्नो रोजाइको समयमा काम गर्न सकिने भएकोले  पठाओमा राम्रो आकर्षण छ ।’

    चितवनमा पठाओमा आवद्ध हुन चाहने राइडरले आफ्नो सवारीको ब्लु बुक र सवारी चालक अनुमतिपत्र सहित भरतपुरमा रहेको पठाओको शाखा कार्यालयमा सम्पर्क गर्न सक्छन् । थप जानकारीका लागि ०१-५९७००९९ मा कल गर्न पनि सकिन्छ ।