हेटौँडा । मकवानपुरको भीमफेदीमा बस दुर्घटना मृत्यु हुनेको संख्या ७ पुगेको छ ।
भीमफेदी गाउँपालिका जुरिखेतमा बिहीबार दिउँसो ना. ३ ख ७८५८ नम्बरको बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमा मृत्यु भएको हो । एक जनाको भने उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।
काठमाडौंबाट वीरगञ्ज जाँदै गरेको उक्त बस भीमफेदीको आरोलोमा सडकबाट तल खस्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।