पल शाहकाे मुद्धामा नवलपुर अदालतकाे फैसलाको पूर्णपाठ : ‘स्टारले वास्तविक दुनियाँमा पनि नायकीपन प्रस्तुत गर्नुपर्छ’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    पल शाहकाे मुद्धामा नवलपुर अदालतकाे फैसलाको पूर्णपाठ : ‘स्टारले वास्तविक दुनियाँमा पनि नायकीपन प्रस्तुत गर्नुपर्छ’

    खबरपुञ्ज संवाददाता

    ६ आश्विन २०७९, शुक्रबार

    नवलपुर । नवलपुर जिल्ला अदालतले अभिनेता पल शाहविरुद्धको मुद्दामा गरेको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ ।

    गत भदौ २१ गते जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले नाबालिकामाथि बलात्कारको मुद्दामा पललाई सफाइ दिएको थियो भने बाल यौन दुरुपयोगमा दोषी ठहर गर्दै साढे दुई वर्ष कैद सजाय सुनाएको थियो । यस्तै पीडित नाबालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि आदेश दिएको थियो ।

    पूर्णपाठमा अदालतले स्टारडमको महत्वबारे पनि प्रकाश पारेको छ । आफू स्टार हुँ भन्ने एउटा वयस्क व्यक्तिले पर्दामा मात्र होइन, वास्तविक दुनियाँमा पनि नायकीपन प्रस्तुत गर्नुपर्ने अदालतले फैसलाको पूर्णपाठमा उल्लेख गरेको छ ।

    फैसलाको पूर्णपाठ आएसँगै उच्च अदालत पोखरामा यसविरुद्ध पुनरावलोकन गर्ने तयारी भएको शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले जानकारी दिए ।

    Poul-shah-Purnapath