एजेन्सी । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण अन्तर्गत आज बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले जित हात पारेको छ । उसले होन्डुरसविरुद्ध ३-० को सहज जित हात पारेको हो ।
अमेरिकाकाे हार्ड रक्स स्टेडियममा अर्जेन्टिनालाई जित दिलाउन लियाेनल मेस्सीले दुई तथा लाउटाराे मार्टिनेजले एक गाेल गरे । खेलकाे १६ औ मिनेटमा मार्टिनेजकाे गाेलमार्फत गाेलमार्फत अर्जेन्टिनाले अग्रता लिएकाे थियाे ।
पहिलाे हाफकाे थप गरिएकाे समयमा मेस्सीले पेनाल्टिमार्फत गाेल गर्दै टाेलीकाे अग्रता दाेब्बर बनाए । ६९ औं मिनेटमा उनैले व्यक्तिगत दोस्रो गाेल गर्दै अर्जेन्टिनालाई ३-० काे सहज जित दिलाए ।