बिहानैदेखि अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    बिहानैदेखि अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो

    खबरपुञ्ज संवाददाता

    २० आश्विन २०७९, बिहीबार

    चितवन । नारायणगढ-मुग्लिन सडकको भरतपुर महानगरपालिका- २९ सत्रकिलोमा पहिरो खसेपछि अवरुद्ध भएको सडक खुलेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक (डीएसपी) नरहरि अधिकारीका अनुसार बिहिबार बिहान ८:२० बजे लेदोसहितको पहिरो आएर दुईतर्फी रूपमै बन्द भएको सडक ११ बजेदेखि खुलेको हो ।

    नारायणगढ-मुग्लिन सडक राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरालाई देशको पूर्वी र पश्चिम भेगसँग जोड्ने मुख्य सडक हो ।