बारा बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १४ पुग्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    बारा बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १४ पुग्यो

    खबरपुञ्ज संवाददाता

    २० आश्विन २०७९, बिहीबार

    काठमाडौ । बारामा बिहीबार बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । इलाका प्रहरी कार्यालय सिमराका अनुसार मृतकको सनाखत हुन बाँकी छ । प्रहरीका अनुसार नारायणघाटबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ०६–००१ ख ०११० नम्बरको बस जीतपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जस्थित ३ नम्बर पुलमा दुर्घटना भएको हो ।

    बसमा करिब ५० जना सवार थिए । दुर्घटना लगत्तै उद्धारमा परिचालित प्रहरी टोलीले घाइतेलाई विभिन्न अस्पतालमा लगेको थियो । चुरेहिल अस्पतालमा ९ जना लगिएकोमा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । यसैगरी हेटौंडा अस्पतालमा लगिएका ३६ जनामध्ये १२ जनाको मृत्यु भएको छ भने हेटौंडा सहकारी अस्पतालमा लगिएका ६ जनामध्ये एक जनाको मृत्यु भएको छ ।