बारा दुर्घटनाप्रति पूर्वमन्त्री श्रेष्ठद्वारा दुःख व्यक्त, उपचारको व्यवस्था मिलाउन सरकारसँग आग्रह
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    बारा दुर्घटनाप्रति पूर्वमन्त्री श्रेष्ठद्वारा दुःख व्यक्त, उपचारको व्यवस्था मिलाउन सरकारसँग आग्रह

    खबरपुञ्ज संवाददाता

    २० आश्विन २०७९, बिहीबार

    बारा । नारायणगढबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ०६–००१ ख ०११० नम्बरको बस जीतपुर सिमरा उपमहानगरपालिका–२२ अमलखेगञ्जस्थित ३ नम्बर पुलमा दुर्घटना भई धनजनको क्षति भएकोप्रति पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले दुःख व्यक्त गरेका छन् ।

    बिहीबार शोकवक्तव्य जारी गरी श्रेष्ठले दुर्घटनामा मृत्यु भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेका छन् । उनले मृतकका परिवारलाई उचित क्षतिपूर्ति प्रदान गर्न र दुर्घटनामा घाइते भएकाहरुको उपचारका कुनै कसर बाँकी नराख्न सरकारसँग आग्रह गरेका छन् ।

    दुर्घटनामा १६ जनाको मृत्यु भएको छ भने २० जना घाइते छन् । घाइतेहरुको चुरेहिल, हेटौडा, सहकारी अस्पताल र सन्चो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।