बारामा विभिन्न पार्टी परित्याग गरी नेकपा एसमा प्रवेश, पूर्वमन्त्री श्रेष्ठद्वारा स्वागत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    बारामा विभिन्न पार्टी परित्याग गरी नेकपा एसमा प्रवेश, पूर्वमन्त्री श्रेष्ठद्वारा स्वागत

    खबरपुञ्ज संवाददाता

    २० आश्विन २०७९, बिहीबार

    बारा । बाराको क्षेत्र नम्बर ४ मा विभिन्न पार्टी परित्याग गरी नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् । नेकपा (एकीकृत समाजवादी) क्षेत्रीय समन्वय कमिटी क्षेत्र नम्बर ४ ले बिहीबार भलुहीमा आयोजना गरेको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी सयौ नेकपा (एस) मा प्रवेश गरेका हुन् ।

    प्रवेशीहरुलाई नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले स्वागत गरेका थिए । सो अवसरमा नेता श्रेष्ठले पार्टीप्रति जनताको आकर्षण बढेको बताउँदै मङ्सिर ४ गते हुने निर्वाचनमा गठबन्धनका उम्मेदवारको विजय निश्चित रहेको बताए ।