


दमाैल । व्यास नगरपालिका–५ स्थित साँगेखोला पुलमा घुँडासम्म आउने हिलो सरसफाई गरिएको छ । केही दिनदेखि परेको वर्षाका कारण पुल हिलाम्य हुँदा हिँडडुलमा समस्या भएपछि वडाध्यक्ष विष्णुकुमार श्रेष्ठ (हिमाल) को नेतृत्वमा सोमबार पुलमा सरसफाई गरिएको हो ।

वडाध्यक्षको नेतृत्वमा पतेनीका स्थानीयवासीले पुलको हिलो सरसफाई गरेका थिए । “वडा कार्यालय नजिकको पुलमा वर्षाका कारण थुप्रिएको लेदोले आवतजावतमा सर्वसाधारणलाई सास्ती हुँदै आएको थियो, हिलो घुँडासम्मै आउँथ्यो,” उनले भने, “स्थानीयको सहयोगमा हिलो सरसफाई गरिएको छ ।”