तनहुँ-१ को प्रतिनिधिसभा सदस्यमा ३१ वर्षे युवाको उम्मेदवारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    तनहुँ-१ को प्रतिनिधिसभा सदस्यमा ३१ वर्षे युवाको उम्मेदवारी

    खबरपुञ्ज संवाददाता

    २५ आश्विन २०७९, मंगलवार

    दमौली । तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यका लागि ३१ वर्षीय प्रविण पौडेल चुनावी मैदानमा उत्रिएका छन् । व्यास नगरपालिका-२ निवासी पौडेलले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेका हुन् ।

    पौडेलले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गरेका हुन् । यही क्षेत्रबाट नेपाली कांग्रेसका रामचन्द्र पौडेल, नेकपा एमालेका एकबहादुर राना, पूर्व गृहमन्त्री गोविन्दराज जोशी चुनावी मैदानमा छन् ।

    उनले भनेका छन्, ‘राम्रो शिक्षा र सीप सिकाउने ठाउँ, रोजगारी दिने उद्योग, गुणस्तरीय अस्पताल स्थापना मेरो मुख्य लक्ष्य हो ।’