दमौली । व्यास-२ स्थित सत्यवती माविको पूर्व विद्यार्थी मञ्चको पाँचौ अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले पुष्प श्रेष्ठलाई अध्यक्षमा चयन गरेको छ ।
उपाध्यक्षमा माधव न्यौपाने, महासचिवमा ई. सुजन पण्डित, सचिवमा सुनिता बुढाथोकी, कोषाध्यक्षमा सि.ए. अनिल थापा चयन भएका छन्। सदस्यहरुमा बिष्णु हड्खले, शेषराज श्रेष्ठ, अर्बिन तामांङ, सुनिता तिवारी, संदेश अधिकारी र बबिता वाग्ले चयन भएका छन् ।
सल्लाहकार समितिमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करुणराज काफ्ले, शिक्षक अभिभावक संघका अध्यक्ष ,सोम राज शिग्देल प्रअ एक बहादुर गुरुङ, निवर्तमान प्रअ ईन्द्र प्रसाद पौडेल रहेका छन् ।