सत्यमोहन जोशीको निधनमा भोलि सार्वजनिक बिदा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सत्यमोहन जोशीको निधनमा भोलि सार्वजनिक बिदा

    खबरपुञ्ज संवाददाता

    ३० आश्विन २०७९, सोमबार

    काठमाडौ । सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

    गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले संस्कृतिविद् जोशीको निधनमा सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरू, कूटनीतिक नियोगहरूमा मङ्गलवार बिदा दिने निर्णय भएको बताए ।

    यस्तै सरकारले मङ्गलवार राष्ट्रिय झण्डा झुकाउने निर्णय पनि गरेको छ ।जोशीको १०३ वर्षको उमेरमा हिजो निधन भएको थियो ।किष्ट अस्पतालमा उपचारका क्रममा जोशीको निधन भएको हो ।