बन्दिपुर । बन्दिपुर गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाले आर्थिक बर्ष २०७८/०७९ मा सम्पादन गरेको कामको प्रभावकारीता तथा नागरिकको सन्तुष्टी तथा गुनासो सुनुवाई गर्ने उदेश्यका साथ सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको हो ।
गाउँपालिकाले वर्षभरी गरिएका योजना तथा प्रदान गरिएका सेवाको पादर्शीता सुनिश्चित गर्नका लागि गाउँपालिकाले प्रत्येक वर्ष सार्वजनिक सुनुवाई गर्ने गरेको बन्दिपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्दलाल शर्माले बताएका छन् ।
बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाको अध्यक्षतामा संचालन गरिएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष पञ्चमाया गुरुङ, वडाध्यक्ष लगायत जनप्रतिनिधीहरु राजनितिक दलका प्रतिनिधि, सुरक्षा निकाय , तथा सरोकारवालाका साथै स्थानीयको उपस्थिती रहेको पालिकाका प्रेस सल्लाहकार सागर गिरीले बताए।
बन्दिपुर गाउँपालिकाकाको आयोजनामा तथा मदानी मिडिया नेटवर्क प्रालि को सहजिकरणमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो । कार्यक्रमको सहजिकरण मिडियाका सिइयो विष्णुकान्त घिमिरेले गरेका थिए ।
कार्यक्रमका सहभागीले गाउँपालिकाको विकासका लागी योजनामा केन्द्रीत भएर लाग्न सुझाब दिएका छन । सहभागीले सेवा प्रवाहको गुनासो तथा विकास निर्माणका काम बारे प्रश्न तथा सुझाब दिएका थिए ।