रुपन्देही-२ का गठबन्धनका उम्मेदवार गुरुङको उम्मेदवारी अदालतद्वारा खारेज
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    रुपन्देही-२ का गठबन्धनका उम्मेदवार गुरुङको उम्मेदवारी अदालतद्वारा खारेज

    खबरपुञ्ज संवाददाता

    ३ कार्तिक २०७९, शुक्रबार

    काठमाडौं । रुपन्देही निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङको उम्मेदवारी सर्वोच्च अदालतले खारेज  गरेको छ।

    नेकपा एकीकृत समाजवादीबाट उम्मेदवारी दिएका गुरुङको उम्मेदवारी आज  सर्वोच्च अदालतको फैसला अनुसार खारेज भएको हो।

    जिल्ला निर्वाचन अधिकृतको कार्यालयले एकीकृत समाजवादीका राजु गुरुङ कालो सूचीमा परेको भन्दै उनको उम्मेदवारी खारेज गरिदिएपछि गुरुङले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

    सर्वोच्चले उनको रिटमा सुनुवाइ गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । उक्त मुद्दाको न्यायाधीशद्वय ईश्वरी प्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले उम्मेदवारी खारेजीको निर्णयलाई सदर गरिदिएको हो।