नेपाल आदिवासी जनजाति महासङ्घ तनहुँमा सुजित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नेपाल आदिवासी जनजाति महासङ्घ तनहुँमा सुजित

    खबरपुञ्ज संवाददाता

    ४ कार्तिक २०७९, शनिबार

    दमाैली । नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँको अध्यक्षमा सुजित हिराचन चयन भएका छन् । शनिबार सम्पन्न छैटौ जिल्ला अधिवेशनबाट हिराचनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

    परिषद्को वरिष्ठ उपाध्यक्षमा नन्दु थापा, उपाध्यक्षमा तीर्थ दरै, महिला उपाध्यक्षमा सरु कुमाल, सचिवमा सचिवमा यामु गुरुङ, सहसचिवमा शेरबहादुर बोटे र कोषाध्यक्षमा तारा मल्ल चयन भएका छन् ।

    सदस्यहरुमा पृथ्वी भुजेल, दिपक राई, कृष्णबहादुर दुरा चयन भएका छन् । तीन जना सदस्य मनोनित गरिनेछ ।

    साेही अवसरमा महासङ्घकाे नवनिर्मित भवनकाे उद्घाटन गरिएकाे छ । भवनकाे उद्घाटन गर्दै आदिवासी जनजाति उत्थान राष्ट्रिय उत्थान प्रतिष्ठानका उपाध्यक्ष गोकुल घर्ती मगरले आदिवासी जनजातिलाई संविधानले दिएको अधिकारबारे सचेत गराउनुपर्ने बताए ।

    नेपाल आदिवासी जनजाति महासङ्घ सङ्घीय परिषद् समितिका उपाध्यक्ष युवराज जिरेलले जातीय विभेद नगरी देशको विकासमा एकजुट हुनुपर्ने बताए।

    जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले मुलुकमा व्यवस्था परिवर्तनका समयमा जनजाति समुदायबाट महत्वपूर्ण योगदान रहँदै आएको बताए।

    नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँकी अध्यक्ष बसुन्धरा घर्तीको अध्यक्षतामा आयोजित कार्यक्रममा निवर्तमान प्रदेश सभा सदस्य सरिता गुरुङ, नेकपा माओवादीका जिल्ला अध्यक्ष मदन आले, महासङ्घका पूर्व अध्यक्ष हरिसिं गुरुङ, व्यास–१का वडाध्यक्ष रमेशचन्द्र हड्खले लगायतले जनजातिका हकअधिकारका बारेमा बाेलेका थिए ।

    रु ४७ लाख ४६ हजारको लागतमा व्यास–१ करङकाठमा भवन निर्माण गरिएको छ । रु ३० लाख पाँच हजारमा जग्गा खरिद गरी पाँच कोठे पक्की भवन निर्माण गरिएको छ ।

    उक्त भवन निर्माण र जग्गा खरिदका लागि आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले रु १८ लाख, संसद विकास कोष तनहुँ क्षेत्र नम्बर १ बाट रु १० लाख, व्यास नगरपालिकाबाट रु १५ लाख सहयोग भएको छ ।

    कार्यक्रममा भवन निर्माणमा सहयोग पु¥याउने सङ्घसंस्था र व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।