दमौली । तनहुँ क्षेत्र नम्बर १ प्रदेश १ का उम्मेदवार अशोककुमार श्रेष्ठले घरदैलो अभियानलाई तीव्रता दिएका छन् । नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार श्रेष्ठले घरदैलो अभियानलाई तीव्र बनाएका छन् ।
श्रेष्ठ भानु नगरपालिकाका विभिन्न ठाउँमा जनतासँग भेटघाट गरिरहेका छन् । सोक्रममा श्रेष्ठले राजनीति कमाई गर्ने थलो नभई सेवा भएको बताए ।
लायन्स क्लव ३२५ वि १ नेपालका पूर्व गभर्नर श्रेष्ठले कांग्रेसको नेतृत्वमा विकास सम्भव रहेको बताए।